बार्सिलोना र एट्लेटिको गोलरहित बराबरी, उपाधि होड थप रोमाञ्चक
MADRID, SPAIN - NOVEMBER 21: Mario Hermoso of Atletico de Madrid battle for the ball with Lionel Messi of FC Barcelona during the La Liga Santander match between Atletico de Madrid and FC Barcelona at Estadio Wanda Metropolitano on November 21, 2020 in Madrid, Spain. (Photo by Diego Souto/Quality Sport Images/Getty Images)
काठमाडौं। स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार क्लब बार्सिलोना र एट्लेटिको मड्रिडले बराबरी खेल्दै अंक बाडेका छन्। शनिबार राति भएको खेलमा बार्सिलोना र एट्लेटिकोले गोलरहित बराबरी खेलेका छन्।
दुवै टोलीले यो सिजन उत्कृष्ट प्रर्दशन गरिरहेका छन्।
बार्सिलोनाको मैदानमा भएको खेलमा दुबै टोलीले गोल गर्ने मौका पाए पनि सदुपयोग गर्न सकेनन्।
यो बराबरीसँगै यो सिजन ला लिगाको उपाधि होड थप रोमाञ्चक बनेको छ।
यस बराबरीसँगै एट्लेटिकोले शिर्ष स्थान कायमै गरेको छ। उसले ३५ खेलमा ७७ अंक जोडेको छ। शीर्ष स्थानको एट्लेटिको बार्सिलोना भन्दा २ अंकले अघि रहेको छ।
दोस्रो स्थानमा रहेको बार्सिलोनाले ३५ खेलमा ७५ अंक जोडेको छ। बराबरीसँगै बार्सिलोनाले शिर्षस्थान उक्लिेने मौका समेत गुमाएको छ।
तेस्रो स्थानको साविक विजेता समेत रहेको रियलको पनि ७४ अंक छ।







डिसी नेपाल








Facebook Comment