एमालेद्वारा प्रधानमन्त्रीको प्रस्तावको पक्षमा मतदान गर्न ह्वीप जारी

डिसी नेपाल
२६ वैशाख २०७८ १७:२१
484
Shares

काठमाडौं। सत्तारुढ दल नेकपा एमालेले सोमबार बस्ने प्रतिनिधिसभाको बैठबमा सहभागी हुन र प्रधानमन्त्री केपी शर्मा ओलीले राख्ने विश्वासको मतको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ। एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आइतबार ह्वीप जारी गरेका हुन्।

माधव समूहले राजीनामा दिने चर्चा चलिरहेका बेला ह्वीप जारी भएको हो। माधव समूह र ओली समूहबीच छलफल भइरहेको छ। तर, हालसम्म कुनै सहमति भने जुटिसकेको छैन। आइतबार माधवकुमार नेपाल, विष्णु पौडेल र सुवास नेम्वाङबीच वार्ता भएको थियो। सो वार्ता फेरि बस्ने गरी सकिएको छ। तर, फेरि वार्ता भने शुरु भइसकेको छैन। पार्टीको विवाद समाधान नभए माधव समूहले राजीनामा दिने बताउँदै आएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *