मेडिसिटी अस्पतालले भन्योः अक्सिजन छैन, नयाँ विरामी भर्ना लिँदैनौं, भर्ना भएकाहरु पनि जोखिममा

डिसी नेपाल
२८ वैशाख २०७८ १६:१७
656
Shares

काठमाडौं। काठमाडौंस्थित देशकै ठूलो मध्येको एक निजी अस्पताल मेडिसिटी अस्पतालले अक्सिजनको अभाव भएको भन्दै नयाँ विरामी भर्ना रोकेको छ। अस्पतालले मंगलबार एक सूचना जारी गर्दै अक्सिजनको अभाव भएकाले विरामीको उपचार गर्न नसकिने बताएको हो।

अस्पतालले आफ्नो अस्पताललाई सरकारले ११ सिलिन्डर अक्सिजनकोमात्र कोटा तोकेको र तर दैनिक ४–५ सय सिलिन्डर अक्सिजन माग गरहेको जनाएको छ। अक्सिजनको माग पूर्ति नभएसम्म नयाँ विरामी भनाए रोकिएको तर, अस्पतालमा भर्ना रहेका विरामी पनि जोखिममा रहेको बताएको छ।

अस्पतालका अनुसार हाल सो अस्पतालमा नन कोभिड १०० र कोभिडका १२० जना विरामी उपचाररत रहेको बताएको छ। यस्तै ४० जनाभन्दा धेरै भेन्टिलेटरमा उपचाररत रहेको अस्पतालले जनाएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.