पूर्वमन्त्री भट्टराईको आग्रह, ‘राष्ट्रको मिसन कोभिड बनाउँ’
फाइल
काठमाडौं। नेकपा एमालेका नेता तथा पूर्वमन्त्री योगेश भट्टराईले सबै विमतिलाई थाति राखेर राष्ट्रको मिसन कोभिड बनाउँनु पर्ने बताएका छन्। सामाजिक सञ्जालमा स्टाटस लेख्दै भट्टटराईले भनेका छन्, ‘७२ सालको महाभूकम्पमा झै यो वर्ष पनि मिसन कोभिड गरेर सबै दल राष्ट्रिय सहमतिका साथ ठोस योजना बनाएर लाग्नु पर्दछ।’
उनले इटालीलगायतका देशहरुमा महामारीले उग्ररुप लिएका बेला चीनले गरेको सहयोगको स्मरण गर्दै नेपाल सरकारसँग पनि चीनको सहयाता माग्न अनुरोध समेत गरेका छन्। भट्टराईले भनेका छन्, ‘अहिले तुलनात्मक रुपमा चिनमा कोभिडको असर कम भएको देखिन्छ । तसर्थ अघिल्लो समयमा इटली लगायतका युरोपेली मुलुकमा चिनले स्वास्थ्य सामाग्री र जनशक्ति सहित जसरी सहयोग गरेको थियो त्यसरिनै अहिले नेपाललाई सहयोग गर्न नेपाल सरकारले चिन सरकारलाई अनुरोध गर्नु पर्दछ । र भारत लगायत अन्य देशका सरकारलाई पनि अनुरोध गरी सहयोग तत्काल ल्याउनु पर्दछ।’
जनशक्ति व्यवस्थापन छिटो प्रकृयाबाट गर्न पनि उनले सरकारको ध्यानाकर्षण गराएका छन्। आर्थिक अभाव हुन नदिन अन्य शिर्षकमा छुट्याइएको बजेट पनि कोरोना महामारीमा लगाउन उनले सरकारलाई सुझाव दिएका छन्।







डिसी नेपाल








Facebook Comment