निलम्बन फुकुवाकाे पत्र चारैजना नेतालाई पठाइयो
फाइल
काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट ६ महिनाका लागि निलम्बन गरिएका नेताहरुलाई विहीबार निलम्बन फुकुवाको पत्र पठाएका छन्। विहीबार बिहान बालुवाटरमा बसेको पार्टी स्थायी समितिको बैठकको निर्णय अनुसार वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिब घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई निलम्बन फुकुवा गरिएको पत्र पठाएका हुन्।
एक महिनाअघि उनीहरु चारैजनालाई पार्टीको हितविपरित गतिविध गरेको आरोप लगाउँदै निलम्बन गरिएको थियो।
प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत गुमाएपछि उत्पन्न नयाँ राजनीतिक अवस्थामा माधव नेपाल समूहका सांसदहरुले सामूहिक राजीनामाको तयारी गरेपछि विहीबार नेताहरुको निलम्बन फुकुवाको निर्णय गरिएको थियो। यतिबेला नेता नेपाल र ओलीबीच चपली हाइटस्थित व्यवसायी रामेश्वर थापाको घरमा वार्ता भइरहेको छ।
पत्रमा नेताहरूकाे पुरानाे जिम्मेवारी उल्लेख नगरी महाधिवेशन आयोजक कमिटीको सदस्यको हैसियतमा सम्बोधन गरिएको छ।

No ads found for this position


डिसी नेपाल
Facebook Comment