चिकित्सकमाथि कुटपिटको विरोधमा नारायणी अस्पतालका ७१ जना डाक्टरद्वारा सामूहिक राजीनामा
वीरगञ्ज (पर्सा)। पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन्। गत शनिबार अस्पतालको आकस्मिक कक्षमा उपचाररत एक बिरामीको मृत्यु भएपछि आक्रोशित समूहले गरेको तोडफोड र चिकित्सकमाथि भएको कुटपिटको विरोधमा उनीहरूले सामूहिक राजीनामा दिएका हुन्।
शनिबार वीरगञ्ज महानगरपालिका-२५ का ४५ वर्षीय राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएको थियो।
बिरामीको मृत्युपछि आफन्त र परिवारका सदस्यहरूले उपचारमा लापरबाही भएको आरोप लगाउँदै आकस्मिक कक्षमा कार्यरत मेडिकल अधिकृत डा. प्रमोद राममाथि आक्रमण तथा कुटपिट गरेका थिए।
कुटपिटबाट गम्भीर घाइते भएका डा. रामको हाल काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। घटनाको विरोधमा आइतबारदेखि नै आन्दोलित बनेका वीरगञ्जका चिकित्सकहरूले सुरक्षाको माग गर्दै राजीनामा बुझाएका हुन्।
अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्ररञ्जन साहका अनुसार अस्पतालमा कार्यरत कुल ८० जना चिकित्सकमध्ये ७१ जनाले मङ्गलबार सामूहिक राजीनामा दिएका हुन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment