राष्ट्रपतिले दिएको समयसीमामा सरकार बनाउने दावी पेश भएन

डिसी नेपाल
३० वैशाख २०७८ २१:३९
164
Shares

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार बनाउनका लागि दावी पेश गर्न दिएको समयसीमामा कुनै पनि दलले सरकार बनाउने दावी पेश गरेनन्। राष्ट्रपति भण्डारीले गएको सोमबार बिहीबार राति ९ बजेसम्मको समय दलहरुलाई दिएकी थिइन्।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिन नसकेपछि उनी स्वतः पदमुक्त भएका थिए। त्यसपछि राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुई दलको समर्थनमा बहुमतीय सरकार बनाउनका लागि दलहरुलाई समय दिएकी थिइन्।

यो समयमा विपक्षी दलहरु काँग्रेस, माओवादी र जसपाको एक समूहले सरकार बनाउनका लागि कसरत गरे पनि बहुमत जुटाउन सकेन। बहुमत जुटाउन नसकेपछि यी दलहरुले दावी पेश नगरेका हुन्।

अब सरकार निर्माणका लागि संविधानको धारा ७६ को उपधारा ३ प्रक्रियामा आउने भएको छ। यो उपधारा अनुसार प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ। संसदमा १२१ सिट रहेको एमाले संसदीय दलका नेता तथा वर्तमान कामचलाउ प्रधानमन्त्री ओली नै यो प्रक्रियाअनुसार पुनः प्रधानमन्त्रीमा नियुक्त हुनेछन्। उनलाई बिहीबारै प्रधानमन्त्री नियुक्त गरिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.