सिरहामा मतगणना सुरु, क्षेत्र नं ४ मा रास्वपाको प्रारम्भिक अग्रता
सिरहा। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सिरहामा मतगणना सुरु भएको छ। क्षेत्र नम्बर ४ को प्रारम्भिक मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुरुआती अग्रता लिएको छ।
निर्वाचन अधिकृत शिव वाग्लेका अनुसार बिहान १०ः१५ बजेसम्म ८४४ मत गणना हुँदा रास्वपाका उम्मेदवार तपेश्वर यादवले ५४७ मत प्राप्त गरेका छन्। यस्तै, जनमत पार्टीका उम्मेदवार वीरेन्द्रप्रसाद महतोले ८८ र नेकपा (एमाले) का धर्मनाथप्रसाद साहले ६५ मत प्राप्त गरेका छन्।
जिल्लाका प्रमुख निर्वाचन अधिकृत तथा क्षेत्र नं ३ का निर्वाचन अधिकारी डा श्रीप्रकाश उप्रेतीका अनुसार सिरहा, २ र सिरहा, ३ मा पनि बिहान ११ बजेदेखि मतगणना सुरु भएको छ । सिरहा, १ मा बिहान १० बजेदेखि नै मतगणना सुरु भएको निर्वाचन अधिकृत फडिन्द्रराज भट्टराईले जानकारी दिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment