बिहीबार राति प्रधामन्त्री नियुक्त भएका ओलीले आज सपथग्रहण गर्दै

डिसी नेपाल
३१ वैशाख २०७८ ७:३२
224
Shares

काठमाडौं। तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएका एमाले अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो सपथ लिँदैछन्।

ओलीलाई आज दिउँसो साढे दुई बजे राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ गराउने तय भएको शितलनिवासले जनाएको छ। ओलीलाई राष्ट्रपति भण्डारीले बिहीबार राति प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्।

वैशाख २७ गते ओलीले विश्वासको मत गुमाएपछि स्वत पदमुक्त भएका थिए। त्यसयता राष्ट्रपति भण्डारीले गठबन्धन सरकार गठनका लागि दिएको तीन दिनको समयभित्र कुनै पनि दलले बहुमत पुर्याउन नसकेपछि ठूलो दलको नेताको हैसियतमा राष्ट्रपति भण्डारीले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्।

सपथ लिएपछि ओलीले आजै मन्त्रिपरिषद गठन गर्ने र केही मन्त्रीहरुलाई सथप गराउने बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.