सभामुख सपथ ग्रहण कार्यक्रममा जाने

डिसी नेपाल
३१ वैशाख २०७८ १२:३३
3.1k
Shares

काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्नी प्रसाद सापकोटा प्रधानमन्त्री केपी शर्मा ओलीको सपथ ग्रहण कार्यक्रममा उपस्थित हुने भएका छन्। यसअघि नेकपामा विवाद हुँदा प्रचण्ड पक्षमा देखिएका सभामुख सापकोटा सरकारले नियुक्त गरेको संवैधानिक निकायका प्रमुख र सदस्यहरुको सपथ ग्रहण बहिस्कार गर्दै थिए।

संवैधानिक परिषदको बैठकमा पनि अनुपस्थित भएका सभामुखले आयोगका प्रमुख र सदस्यहरुको सपथ बहिस्कार गरेपछि प्रधानमन्त्रीको सपथमा जाने नजाने भन्ने सर्वत्र शंका रहेको छ।

सापकोटाका स्वीय सचिव श्रीधर न्यौपानेले डिसी नेपालसँग भने, ‘सभामुख संवैधानिक दायित्वबाट टाढा हुनुहुन्न। केही फरक परिस्थितिका कारण कुनै बेलाको अनुपस्थितिलाई हेरेर शंका गर्नै पर्दैन। उहाँको संवैधानिक दायित्व हो। जानुहुन्छ।’

यस अघि सरकारले गरेका संवैधानिक आयोगमा सरकारले गरेको निर्णयमा असहमति भएका कारण उपस्थिति नजाएको न्यौपानेको भनाइ छ। न्यौपानेले भने, ‘व्यक्तिगत रुपमा सभामुखको लागि को सँग के छ र? आफ्नौ संवैधानिक दायित्वबाट टाढा हुनु पर्ने कारण के छ र ? त्यसैले स्वभाविक रुपमा सभामुख प्रधानमन्त्रीको सपथ ग्रहण कार्यक्रममा जानुहुन्छ।’

यसअघि माघ २१ गते उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नीप्रसाद सापकोटाले संवैधानिक आयोगका प्रमुख र सदस्यहरुको शपथग्रहण कार्यक्रम बहिष्कार गरेका थिए।

माओवादी केन्द्रबाट उपराष्ट्रपति बनेका पुन र सोही पार्टीबाट सभामुख बनेका सापकोटा तत्कालीन नेकपाको विवादले दुई समूहमा विभाजन भएपछि प्रचण्ड–नेपाल पक्षमा देखिएका थिए। प्रधानमन्त्रीको सपथ ग्रहणमा जानु हुन्छ की हुन्न? भन्ने प्रश्नमा उपराष्ट्रपति पुन:सँग कुराकानीको प्रयास गर्दा पनि कुराकानी हुन सकेन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.