घरमा अक्सिजन सिलिण्डर नराख्न मन्त्रालयको आग्रह
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सकको सिफारिसविना कसैलाई पनि घरमा अक्सिजन सिलिण्डर नराख्न आग्रह गरेको छ ।
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जारी गरेको सूचनामा सर्वसाधारणलाई आफूसंँग भएका सिलिण्डर नजीकैका अस्पताल वा स्थानीय प्रशासनलाई बुझाउन आग्रह गरिएको छ । अहिले दैनिक १५ हजार सिलिण्डर अक्सिजन माग र सात हजार २०० सिलिण्डर उत्पादन हुने गरेको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment