राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटालाई क-कसको साथ?

सम्भव सिंह ठकुरी
३ जेठ २०७८ १४:२८

काठमाडौं। बाग्मती प्रदेश राष्ट्रियसभा सदस्यको उपनिर्वाचन जेठ ६ गते हुँदैछ। उक्त पदको लागि गृहमन्त्री रामबहादुर थापा बादल र डा.खिमलाल देवकोटाले उमेद्वारी दर्ता गराएका छन्। त्यसो उक्त पदका लागि नेपाल मजदुर किसान पार्टीले पनि उम्मेद्वारी दिएको छ। तर बादल र देवकोटाबीच प्रतिश्पर्धा हुने निश्चित छ।

गृहमन्त्री रहेका बादललाई सत्तारुढ दल नेकपा एमालेले उम्मेद्वार बनाएको हो भने एमाले निकट नै मानिने डा. देवकोटाले विपक्षी दल नेपाली कांग्रेस र माओवादी केन्द्रको समर्थनमा उम्मेद्वारी दिएका हुन्। देवकोटा एमाले वरिष्ठ नेता माधव नेपाल निकट मानिन्छन्। उनले स्वतन्त्र उम्मेद्वारी दिएका हुन्।

वैशाख ३० गतेदेखि नेपालको राजनीतिक घटनाक्रमले अर्कै मोड लिएको छ। विपक्षी गठबन्धनले नयाँ सरकार गठन गर्न सकेन र प्रधानमन्त्री ओली नेतृत्वमा फेरि सरकार गठन भयो।

विकशित नयाँ राजनीतिक घटनाक्रमकोबीचमा प्रधानमन्त्रीसमेत रहेको एमाले अध्यक्ष ओली र वरिष्ठ नेपाल पक्षका नेताहरुको बाक्लो भेटघाट र छलफल पछि आइतबार पार्टीको आन्तरिक विवाद समाधानउम्मुख भएको छ। पार्टीभित्रको विवाद समाधानका लागि ओली र नेपाली पक्षबाट पाँच पाँच सदस्यीय कार्यदल गठन भएको छ।

कार्यदल स्तरमा मंगलबारदेखि छलफल हुने ओली पक्षका कार्यदलका संयोजक सुवास नेम्वाङले जानकारी दिए। एमालेभित्रको विवाद समाधानउन्मुख भएसँगै राष्ट्रियसभा निर्वाचनमा विपक्षी गठबन्धनबाट उम्मेद्वार बनेका डा. देवकोटा झस्किएका छन्।

विपक्षी गठबन्धनको समर्थन र नेपाल खनाल समूहबाट प्रस्तावित भएका देवकोटा सुरुमा बादल भन्दा मतान्तरमा अगाडि देखिएका थिए। तर एमालेभित्रको विवाद समाधान उम्मुख हुँदै गएको अवस्थामा माधव नेपाल समूहको मत पनि बादलले पाउने भएपछि देवकोटा झस्किएका हुन्।

तर देवकोटाले भने आफ्नो उम्मेद्वारी एमालेसँगको सरकारको विषय नभएको बताउँछन्। ‘मेरो उम्मेद्वारी एमाले पार्टीसँगको सरकारको विषय होइन,’ देवकोटाले डिसी नेपालसँग भने, ‘मलाई समर्थन गरेको पार्र्टी कांगे्रस, माओवादी केन्द्र, जसपा कायमै छन् र मेरोे स्वतन्त्र उमेद्वारी पनि कायमै छ।’

एमाले विवाद समाधान हुनु भनेको मुलुकको स्थिरता, स्थायित्व र शान्तिका लागि राम्रो विषय ठान्छन्।  उनी भन्छन्, ‘एमाले एकीकरणले मेरो उमेद्वारीलाई कुनै असर गर्दैन। मेरो व्यक्तिगत रुपमा प्रदेशका सबै पार्टीका सांसदलगायत स्थानीय तहका प्रमुख उपप्रमुखसँग धेरै कार्यक्रमहरुमा अन्र्तक्रिया गरेको छु। उहाँहरुको दुख सुखको सहयात्री बनेको छु। त्यसकारण सबै साथीहरुसँग सौहार्दपूर्ण सम्वन्ध छ।’

यो गोप्य मतदान हुने र पार्टीको ह्वीपले मात्र काम गर्छ भन्ने नहुने भन्दै उनले आफूलाई गठबन्धन भन्दा बाहिरबाट पनि मत आउने जिकिर गरे।
उनले आफ्नो उमेद्वार संघीयता, धर्मनिरपेक्षता, समावेशीता, गणतन्त्र, समानुपातिक प्रतिनिधित्वमा रहेको उल्लेख गर्दै एमाले विवाद् समाधानउन्मुखको विषयमा आफूलाई कुनै असर नपर्ने बताए।

‘केन्द्रमा पार्टी एकीकरण भएपनि प्रदेश र स्थानीय तहका मतदाताहरुले मलाई नै मत दिन उत्साहित भएको महशुस गरेको छु,’ उनले भने, ‘विधिको शासन, स्थायित्व, लोकतन्त्र र संघीयताको महत्व बुझ्ने मान्छेले मलाई मत दिने हो। त्यसकारण त्यस्ता विवेकी मतदाताले व्यक्तिको पनि मुल्याङ्कन गर्ने छन्। मलाई समर्थन गरेको पार्टीहरु एक ढिक्का हुनुहुन्छ, म पनि विचलित भएको छैन।’

यता एमाले नेता सुरेन्द्र पाण्डेले राष्ट्रियसभा उपनिर्वाचनमा डा.खिमलाल देवकोटा आफूहरुको उमेद्धवार नभएको बताएका छन्। उनले माओवादी केन्द्र प्रस्तावक र नेपाली कांग्रेस समर्थक रहेको बताएका थिए। केही मान्छेलाई हाम्रो पनि समर्थन हुन्छ कि भन्ने लागेको होला तर त्यसमा हाम्रो प्रत्यक्ष संलग्नता केही पनि छैन उनले भनेका थिए।

यस उपनिर्वाचनका लागि प्रदेशसभा सदस्य ११० र नगरपालिका प्रमुख,उपप्रमुख र गाउँपालिका अध्यक्ष,उपाध्यक्ष २३८ गरी जम्मा २४८ मतदाता रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *