चीनबाट आयो स्वास्थ्य सामाग्रीको दोस्रो खेप
काठमाडौं। उत्तरी छिमेकी मुलुक चीनले अनुदान सहयोगमा उपलब्ध गराएको मेडिकल सामाग्री सोमबार नेपाल आएको छ। नेपाल एयरलाइन्सको विमानमार्फत स्वास्थय सामाग्री सोमबार नेपाल आएको हो। । सोमबार ५ सय ७५ सिलिण्डर र २७ अक्सिजन कन्सन्ट्रेटर नेपाल आइपुगेको हो। आइतबार४ सय सिलिण्डर र १ सय ३० वटा अक्सिजन कन्सन्ट्रेटर ल्याइएको थियो।

काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्कीले एक हप्तामा दुई पटक चिनियाँ सहयोग नेपाल आएको जानकारी दिएकी छन्। नेपालमा कोरोना महामारी बढेपछि अक्सिजनको हाहाकार भएको छ। अक्सिजन सिलिण्डरेकोसमेत हाहाकार भएका बेला चीनबाट अक्सिजन सिलिण्डर सहयोगमा प्राप्त भएको हो। निजी क्षेत्रले ल्याउन लागिएको सिलिण्डर पनि नेपाल–चीन सीमामा आइपुगेको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment