नेपाली कांग्रेसले बाेलायाे संसदीय दलकाे बैठक
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको कार्य समितिको बैठक बोलाएको छ। बुधबार दिउँसो २ बजेका लागि बैठक आह्वान गरिएको हो।
कांग्रेस नेताहरुका अनुसार मुलुकको समसामयिक घटनाक्रमबारे छलफल गर्न संसदीय दलको कार्यसमिति बोलाइएको हो। कोरोनाको महामारी उच्च विन्दुमा रहेका बेला बोलाइएको प्रतिपक्षीको संसदीय दलको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
संसदको बजेट अधिवेशन, कोरोना महामारी लगायतका विषयमा छलफल हुने कांग्रेसले जानकारी दिएको छ। सरकारले बजेट अधिवेसन बोलाउन ढिलाइ गरिरहेका बेला प्रतिपक्षले संसदीय दलको बैठक बोलाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment