सेती अस्पतालमा ३३ अक्सिजन कन्सन्ट्रेटर जडान

डिसी नेपाल
५ जेठ २०७८ १८:४६
44
Shares

धनगढी । अक्सिजनको चरम समस्या भोगिरहेको कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ३३ वटा अक्सिजन कन्सन्ट्रेटर जडान गरिएपछि अक्सिजनको समस्या तत्काललाई टर्ने भएको छ ।

अस्पतालमा सङ्घीय सरकारले दिएका २४, प्रदेश सरकारले दिएका ६ र विभिन्न दाताले सहयोग गरेका ३ गरी ३३ वटा अक्सिजन कन्सन्ट्रेटर जडान गरिएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए । कन्सन्ट्रेटर जडान गरिएपछि कोरोनाका बिरामीको उपचारमा थप सहज हुने सूचना अधिकारी श्रेष्ठले विश्वास व्यक्त गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.