दुई किशोरीको डुबेर मृत्यु

डिसी नेपाल
५ जेठ २०७८ १९:१६
44
Shares

सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिकामा दुई किशोरीको आज पोखरीमा डुबेर मृत्यु भएको छ । नगरपालिका–९ बस्ने रामकृष्ण सरदारकी छोरी २० वर्षीया कुन्ती र सोही ठाउँका इन्दल सरदारकी छोरी १२ वर्षीया रोशनीको डुबेर मृत्यु भएको हो । रोक्दा रोक्दै घरबाट निक्लेकी छोरीको घर नजिकैकौ पोखरीमा डुबेर बाहिर ननिक्लिएको खबर आएको रोशनीकी आमा मञ्जुले बताइन् ।

पोखरीबाट निकालेर राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याएर परीक्षण गराउँदा चिकित्सकले मृत घोषणा गरेको मञ्जुले बताइन्। शवलाई पोष्टमार्टमका लागि अस्पतालकै शवगृहमा राखिएको अस्पतालले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.