नगरपालिकाले अक्सिजन प्लान्ट सञ्चालन गर्ने

डिसी नेपाल
६ जेठ २०७८ २१:५०
20
Shares

भक्तपुर । भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ख्वप अस्पतालको कोभिड युनिटमा अक्सिजन प्लान्ट राखिने भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले युनिटमा अक्सिजन दिनुपर्ने संक्रमित बिरामी बढिरहेकोले नगरपालिकाले आफ्नै अक्सिजन प्लान्ट सञ्चालन गर्न लागेको जानकारी दिए ।

कोरोना नियन्त्रणका लागि नगरपालिकाभित्र सञ्चालित सहकारी संस्थाले आर्थिक र भौतीक सहयोग गर्ने भएको भन्दै उनले बिरामीलाई अक्सिजन अभाव हुन नदिन प्लान्ट सञ्चालन गर्न लागेको बताए । सहकारी संस्थाले आफ्ना सदस्यका लागि सार्वजनिक भवन वा पार्टी प्यालेसमा आइसोलेसन केन्द्र सञ्चालन गर्न समेत उनले आव्हान गरे । गत वैशाख १७ गतेबाट ख्वप अस्पताल कोभिड युनिट सञ्चालन भएकामा हालसम्म ११६ जना सङ्क्रमितलाई उपचार सेवा दिइसकेको कोभिड युनिट व्यवस्थापन समितिका संयोजक रबिन्द्र ज्याख्वले बताए ।

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष कृष्णगोविन्द लाखाजुले भक्तपुरमा ६४० वटा भन्दा बढी सहकारी संस्था रहेको र ३ लाख ४० हजार सदस्य रहेको बताउँदै आइसोलेसन केन्द्र र अक्सिजन प्लान्टका लागिसहयोग गर्ने बताए । उनले जिल्ला बचत सङ्घको सामुदायिक विकास कोषको रु। १ लाख प्लान्टका लागि हस्तान्तरण गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.