बजेट अध्यादेश पारित गर्न ११ बजे मन्त्रिपरिषद्को बैठक बस्दै
फाइल तस्वीर
कठमाडौं। सरकारले ल्याउने वजेट अध्यादेश पारितका लागि आज मन्त्रिपरिषद्को बैठक बस्दैछ।
अहिले ११ बजे मन्त्रिपरिषद्को बैठक बस्ने तय भएको हाे। वजेट अध्यायादेश राष्ट्रपति विद्यादेवी भणडारीले जारी गरे पछि आजै ४ बजे अर्थमन्त्रीले वजेट सार्वजनिक गर्नु हुने कार्यक्रम रहेको छ।
अर्थमन्त्री विष्णु पौडेलले शुक्रबार आर्थिक सर्वेक्षण प्रस्तुत गरेका थिए। सर्वेक्षणमा चालू आर्थिक वर्ष २०७७/०७८ मा मुलुकको आर्थिक वृद्धि ४ प्रतिशतभन्दा कम हुने देखिएको छ । पछिल्लो समय बढ्दो क्रममा रहेको कोरोना संक्रमणले गर्दा अर्थतन्त्र प्रभावित भएकाले आर्थिक वृद्धिदर ४ प्रतिशत पनि नपुग्ने बताएका छन्।
सरकारले बजेट मार्फत चालू आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको थियो। तर कोरोनाको प्रभाव बढ्दै गएपछि केन्द्रीय तथ्यांक विभागले ४.०१ प्रतिशत हुने संशोधित अनुमान गरेको थियो।







डिसी नेपाल







Facebook Comment