अघिल्लो साताको तुलनामा यो साता १७.५ प्रतिशतले घट्यो कोरोना संक्रमण
काठमाडौं । नेपालमा अघिल्लो साताको तुलनामा यो साता कोरोना संक्रमितको संख्यामा कमी आएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरस सक्रिय संक्रमितको संख्या १ लाख ८ हजार बढी रहेको छ ।
अघिल्लो हप्ता काठमाडौं उपत्यकामा मात्र करिब ३३ हजार सक्रिय संक्रमित थिए । मन्त्रालयको आइबारको तथ्यांकअनुसार काठमाडौं उपत्यकामा पनि सक्रिय संक्रमित घटेका छन् ।
मन्त्रालयको आइतबारको प्रेस ब्रिफिङमा डा. विराज कर्माचार्यले अघिल्लो साताभन्दा यो साता संक्रमितको संख्यामा १७.५ प्रतिशतले कमी आएको जानकारी दिए ।
अघिल्लो साताको तुलनामा ६ वटा प्रदेशमा संक्रमितको संख्या घटेको छ भने गण्डकी प्रदेशमा ५०.८ प्रतिशतले संक्रमितको संख्या बढेको छ ।
हाल नेपालमा टेस्ट पोजेटिभिटी ३७.७ रहेको छ । यो भारतको तुलनामा २०.३ प्रतिशतले बढी हो । संक्रमण दर घट्दै गएपनि संक्रमणको जोखिम भने कम नभएको डा. कर्माचार्यले बताए ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ३६९ जना नयाँ संक्रमित भेटिएका छन् भने ६ हजार २०५ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १०९ जनाको मृत्यु भएको छ ।
अब आउने कोरोना खोप ६० देखि ६४ वर्ष उमेर समूहकालाई
सरकारले अब आउने कोरोना विरुद्धको खोप ६० देखि ६४ वर्षउमेर समूहकालाई लगाउने तयारी गरेको छ । आइतबारको प्रेस ब्रिफिङमा परिवार कल्याण महाशाखा निर्देशक डा. तारानाथ पोखरेलले अब नेपाल आउने खोपको पहिलो प्राथमिकिकरण ६० देखि ६४ वर्षका व्यक्तिलाई राखिएका बताए ।
उनले खोपका लागि भारत, चीन, अमेरिका लगायतका देशहरुम कूटनीतिक पहल भएपनि खोप कहिले दिने भन्नेबारे जवाफ नदिएको बताए । कोभिशिल्डको पहिलो मात्रा लगाएका ६५ वर्षभन्दा माथिका नागरिकलाई दोस्रो मात्रा तत्कालै दिन नसकिने भएको उनले बताए ।







डिसी नेपाल








Facebook Comment