नेपालमा पश्चिमी वायुको प्रभाव, केही स्थानमा आशिंक बदली

डिसी नेपाल
१९ जेठ २०७८ ८:०६
124
Shares

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र पश्चिम बंगलाबाट बनेको वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश १ तथा पहाडी भूभागमा आंशिक बदली र अन्य भागमा मौसम सफा रहने पूर्वानुमान महाशाखाले जनाएको छ।

पूर्वानुमान शाखाले जारी गरेको बुलेटीनमा भनिएको छ, ‘ बुधबार दिउसो प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिक देखी सामान्य बदली र वाँकी स्थानहरूमा आंशिक बदली रहनेछ। प्रदेश १ लगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा र तराई भुभागका एक दुइ स्थानमा मेघगर्जन÷चट्याङ्ग÷हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।’

यसैगरी बुधबार राति पनि प्रदेश १ लगायत देशका पहाडी भूभागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ। प्रदेश १ लगायत पहाडी भुभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा को सम्भावना रहेको विभागले जारी गरेको बुलेटिनमा उल्लेख गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.