चौधरी गुरुपले थाल्यो उच्च गतिको सस्तो इन्टरनेट सेवा, यस्तो छ प्याकेज

डिसी नेपाल
१९ जेठ २०७८ ९:४४
1.1k
Shares

काठमाडौं। चौधरी गुरुप अन्तरगतको सीजी कम्युनिकेसन्सले मंगलबारदेखि काठमाडौं उपत्यकामा उच्च गतिको (हाई स्पिड) इन्टरनेट सेवा सुरु गरेको छ। उक्त इन्टरनेट सेवाको मूल्य उपभोक्ताले नेपाली बजारमा उपलब्ध इन्टरनेट सेवाभन्दा आधा सस्तो रहेको कम्पनीले जनाएको छ।

‘सीजी नेट’ बाट उपभोक्ताको कार्यक्षमतामा सकारात्मक प्रभाव पर्ने र सार्वजनिक एवं निजी क्षेत्रबाट प्रवाह हुने सेवाको गुणस्तरमा सुधार आउने अपेक्षा गरिएको चौधरी गु्रपका निर्देशक निर्वाण चौधरीले जानकारी दिए।

सीजी कम्युनिकेसन्सले १२० एमबीपीएस गतिको ‘सीजी नेट’ ९९९ रुपैयाँमा उपलब्ध गराउनेछ। उपभोक्ता केन्द्रित सेवा शुरु गरिएको र यसले उपभोक्ताको जीवनमा विल्कुलै नयाँ अनुभव गराउने विश्वास सीजी कम्युनिकेसन्सको छ।

‘उच्च गतिको इन्टरनेट सस्तो शुल्कमा आजदेखि सिजीले इन्टरनेट सुविधा ल्याएको छ, हाल काठमाडौंमा मात्रै भएको यो सुविधा बिस्तारै देशका अन्य भागमा पनि उपलब्ध हुनेछ,’ चौधरीले भने।

तत्कालका लागि जावलाखेल, झम्सिखेल, भनिमण्डल र एकान्तकुनाका बासिन्दाले सेवाको फाइदा उठाउन सक्नेछन्। १२ महिनाभित्र उपत्यकाका सबै क्षेत्रमा ‘सीजी नेट’ बिस्तार हुनेछ। उल्लिखित क्षेत्रका उपभोक्ताका घरमा हाम्रो सेवा जडान गर्न सेवा माग गरिएको ६ देखि २४ घण्टाभित्र उपलब्ध हुने कम्पनीले जनाएको छ।

ग्राहक सेवाकेन्द्रहरू हालका लागि सीजी डिजिटलका शाखा– जावलाखेल, कुमारीपाटी, कीर्तिपुर, नयाँबजार, मीनभवन र ट्रेड टावर थापाथलीमा हुनेछन् । नेटवर्क विस्तारसँगै काठमाडौं उपत्यकाका अन्य क्षेत्रहरूमा पनि ग्राहक सेवा केन्द्रहरू थप गर्दै लगिने कम्पनीको भनाइ छ।

यस्तो छ प्याकेज
१२० एमबीपीएस गति भएको इन्टरनेट १ महिनाका लागि ९९९ रुपैयाँ तोकिएको छ भने २ महिनाका ालगि २ हजार ९९७ रुपैयाँ, ६ महिनाका लागि ५ हजार ९९४ रुपैयाँ र १२ महिनाका लागि११ हजार ९८८ रुपैयाँ तोकिएको छ। यसका लागि इन्स्टलेसन शुल्न, ड्रप वायर शुल्क भने निःशुल्क गरिएको छ।

त्यसका साथै सिंगल राउटरका लागि एक महिनाको प्याकेज लिँदा २५००, ३ महिनाको प्याकेज लिँदा २ हजार, ६ महिना प्याकेज लिँदा १५०० रुपैयाँ र १ वर्षको प्याकेज लिँदा निःशुल्क गरिएको छ।

त्यसैगरी डबल राउटर राख्नेले एक महिनाको प्याकेज लिँदा ३५०० रुपैयाँ, ३ महिनाको प्याकेज दिँदा ३ हजार रुपैयाँ, ६ महिनाका प्याकेज लिँदा २५०० रुपैयाँ र १ वर्षको प्याकेज लिँदा निःशुल्क गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.