अपि पावरको हकप्रद सेयर बिक्री खुला
काठमाडौं। अपि पावर कम्पनीले आज बिहीबार (जेठ २० गते) देखि हकप्रद सेयर बिक्री खुला गरेको छ। कम्पनीले १ः ०.२९३८ अनुपातमा २९.३८% हकप्रद सेयर बिक्री खुला गरेको हो।
प्रतिकित्ता १०० रुपैयाँ दरले कुल ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरीएको कम्पनीले जनाएको छ। अपिले हकप्रद सेयर बिक्रीका लागि वैशाख २९ गते बुक क्लोज गरेको थियो। त्यसैले वैशाख २८ गतेसम्म कायम रहेका सेयरधनीले मात्र यस हकप्रद सेयरमा आवेदन दिन पाउनेछन्।
हकप्रद सेयरमा असार ९ गतेसम्म आवेदन दिन सकिनेछ। यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गरेको छ। हकप्रदमा मुक्तिनाथ क्यापिटल, अपि पावर कम्पनी, ट्रेड टावर थापाथली तथा मुक्तिनाथ विकास बैंकको इटहरी, पोखरा, नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी र जनकपुर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै, मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ।







डिसी नेपाल








Facebook Comment