जापानले दिएको स्वास्थ्य सामाग्री काठमाडौं आइपुग्यो
काठमाडौं। जापान सरकारले नेपाललाई अनुदान सहयोगमा दिएको स्वास्थ्य सामाग्री विहीबार काठमाडौं आइपुगेको छ। पराष्ट्र मन्त्रालयका अनुसार जापानले १६० थान अक्सिजन कन्सट्रेटर, २५ थान ब्लड एनालाइजर र २५ थान अल्ट्रासाउन्ड सिस्टम सहयोग गरेको छ।
हालै जापानले ६ वटा एम्बुलेन्स पनि सहयोग गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्रालयले जापान सरकारले गरेको सहयोगका लागि धन्यावादसमेत दिएको छ।
कोरोना महामारीको दोस्रो लहरमा नराम्रोसँग प्रभावित नेपाललाई अन्तर्राष्ट्रिय समूदायबाट सहयोग आउनेक्रम जारी छ। यही क्रममा जापानी सहयोग विहीबार काठमाडौं आएको हो। नेपालमा हाल दैनिक ६ हजारभन्दा धेरै संक्रमणका नयाँ केस पुष्टि हुने गरेका छन्। दैनिक मृत्यु पनि उच्च छ।


प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment