५ अर्बभन्दा बढीका आयोजना कार्यान्वयन गर्न छुट्टै संयन्त्र बनाउने अर्थमन्त्रालयको तयारी
काठमाडौं। बजेट कार्यन्वयनलाई प्रभावकारी बनाउन भन्दै अर्थमन्त्रालयले ठूला लागतका योजना कार्यन्वयनका लागि छुट्टै संयन्त्र बनाउने भएको छ।
बिहीबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) र उद्योग संगठनले संयुक्त रूपमा आयोजना गरेको भर्चुअल अन्र्तक्रिया कार्यक्रममा बोल्दै अर्थसचिव शिशिर कुमार ढुंगानाले ५ अर्ब रुपैयाँभन्दा बढी लागतका ठूला तथा राष्ट्रिय गौरवका आयोजनाको कार्यान्वयनका लागि छुट्टै संयन्त्र खडा गर्न लागिएको जानकारी दिएका हुन्।
उनले भने ‘हामीले पाँच अर्बभन्दा माथिका ठूला आयोजनाहरूको कार्यान्वयका लागि एउटा छुट्टै संयन्त्र बनाएर अगाडि बढिरहेका छौँ। उक्त संयन्त्रले राष्ट्रिय गौरवका आयोजना, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना र रणनीतिक आयोजनाहरूसमेतको कार्यान्वयको पाटो हेर्ने छ।’
उक्त संयन्त्रले आगामी आर्थिक वर्षको सुरुबाट काम सुरुबाट गर्नेछ।
कार्यक्रममा बाल्दै उनले बजेट कार्यन्वयनका लागि सबै मन्त्रालय तथा निकायसँग छलफल भइरहेको बताए।







डिसी नेपाल








Facebook Comment