कञ्चनपुरमा एक किशोरी माथि सामुहिक बलात्कार

डिसी नेपाल
२८ जेठ २०७८ १०:५४
384
Shares

काठमाडौं। कञ्चनपुरमा एक किशोरीमाथि सामुहिक बलात्कार भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लामा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको हो। वेदकोट नगरपालिका–५ मा स्थानीय युवती माथि दुईजना युवकले बलात्कार गरेका हुन्।

प्रहरीले बलात्कार गरेको आरोप लागेका वेदकोट नगरपालिका–६ का अन्दाजी २३ वर्षीय धनबहादुर विकलाई पक्राउ गरिएको छ। अर्का आरोपी सोही ठाउँका अन्दाजी २३ वर्षका युवक फरार रहेकाले उनको खोजीकार्य जारी छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख उमाप्रसाद चर्तुवेदीका अनुसार स्थानीय नर्सरी जंगलमा उनीहरुसँगै घुम्न गएका बेला किशोरीमाथि दुवैजनाले जबरजस्ती करणी गरेको आरोप पीडित युवतीले लगाएकी छिन्।

राति करिब ९ बजेतिर सामूहिक बलात्कार गरेको खबर आएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले आरोपीमध्येका विकलाई शुक्रबार बिहान पक्राउ गरिएको छ। युवतीको राति नै स्वास्थ्य परीक्षण गरिएको छ भने रिपोर्ट आउन बाँकी रहेको छ।

‘अस्पतालको रिपोर्ट आएपछि उनीहरुमाथि थप अनुसन्धान हुनेछ’, एसपी चर्तुवेदीले भने। जंगलमा दुवै जनाले मदिरा सेवन गराएर आफूमाथि बलात्कार गरेको युवतीले आरोप लगाएकी छिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.