दलहरुसँगको सभामुखको छलफल सकियो
काठमाडौं। सभामुख अग्नि सापकोटाले राजनीतिक दलका प्रमुख नेताहरुसँग गरेको छलफल सकिएको छ। सभामुख सापकोटाले प्रतिनिधिसभा विघटनलगायतका राजनीतिक विषयमा दलका प्रमुख नेता तथा पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गरेका हुन्।
यो छलफलका लागि सभामुख सापकोटाले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि निम्ता दिएका थिए। तर, प्रधानमन्त्री भने बैठकमा सहभागी भएनन्। बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल, जसपाका उपेन्द्र यादव र डा बाबुराम भट्टराई सहभागी भएका थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment