सर्वोच्च अदालतलाई राष्ट्रपति कार्यालयको १४ बुँदे जवाफः सरकार बनाउने दुबै दावीमा दावी पुग्ने देखिएन (पूर्णपाठ)

डिसी नेपाल
३ असार २०७८ १८:०८
516
Shares

काठमाडौं। प्रतिनिधिसभा विघटन विरुद्ध तथा काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा दायर रिटबारे सर्वोच्चको आदेश अनुसार राष्ट्रपति कार्यालयले विहीबार जवाफ पठाएको छ।

सर्वोच्चले काँग्रेस सभापति देउवालाई किन प्रधानमन्त्री नियुक्त नगरेको हो लिखित जवाफ पेश गर्न राष्ट्रपति कार्यालयलाई आदेश दिएको थियो। सोही आदेश अनुसार राष्ट्रपति कार्यालयले विहीबार महान्यायाधीवक्ताको कार्यालयमार्फत १४ बुँदे जवाफ पठाएको छ।

जवाफमा प्रधानमन्त्री नियुक्त गर्ने राष्ट्रपतिको स्वविवेकीय अधिकार रहेको दावी गरिएको छ। संविधानको संरक्षककको हैसियतले प्रधानमन्त्री नियुक्त गर्ने अधिकारी राष्ट्रपतिमा निहित रहेको दावी गरिएको छ। साथै संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार बनाउन वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाले पेश गरेको दुबै दावीमा दावी नपुग्ने देखिएकोसमेत जवाफमा उल्लेख छ।

उता प्रधानमन्त्री केपी शर्मा ओलीले पनि महान्यायाधीवक्ताको कार्यालयमार्फत विहीबार नै सर्वोच्च अदालतलाई जवाफ पठाएका छन्। यो रिटमाथि यही असार ९ गतेबाट सर्वोच्चको संवैधानिक इजलासमा निरन्तर सुनुवाइ हुँदैछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *