सर्वोच्चलाई सभामुखको जवाफः राष्ट्रपतिको निर्णय गैरसंवैधानिक छ

डिसी नेपाल
३ असार २०७८ २०:४०
116
Shares

काठमाडौं। प्रतिनिधिसभा विघटन तथा काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तका लागि परामादेशको माग गर्दै सर्वोच्चमा दायर गरिएको रिटमाथिको सुनुवाई प्रक्रियामा सर्वोच्च अदालतले मागेको जवाफ अनुसार प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले विहीबार आफ्नो लिखित जवाफ पेश गरेका छन्।

महान्यायाधीवक्ताको कार्यालयमार्फत सभामुख सापकोटाले विहीबार १० बुँदे जवाफ पठाएका छन्। जवाफमा उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका लागि दावी गरिएको दावीलाई खारेज गर्ने निर्णय गैरसंवैधानिक भएको जिकिर गरेका छन्। उनले प्रधानमन्त्रीको विश्वासको मतको परीक्षण संसदलेमात्र गर्न सक्ने भन्दै राष्ट्रपतिबाट विश्वासको मत परीक्षण हुन नसक्ने जिकिर गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *