विपक्षी गठबन्धनले विदेशीलाई कम्फर्टेबल सरकार बनाएर अस्थिरता मच्चाउन खाेजेकाे कमल थापाकाे आरोप

डिसी नेपाल
१३ असार २०७८ ७:३४
200
Shares

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रतिगमनको त्रास देखाएर चुनावको विरोध गर्नेहरुले विदेशीलाई कम्फर्टेबल सरकार बनाइ भ्रष्टाचार, सर्वसत्तावाद र अस्थिरताको नयाँ श्रृंखला चलाउन खोजेको बताएका छन्।

अध्यक्ष थापाले वर्तमान अस्थिरता र संकट समाधानको सहज, प्रजातान्त्रिक र सवैधानिक बाटो चनाव नै भएको जिकिर गरेका छन्।

आइतबार विहान सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै अध्यक्ष थापाले निर्वाचनमार्फत नै वर्तमान संटकको समाधान हुने भएका हुन्।
उनले चुनावको विरोध गर्ने विपक्षी गठबन्धनप्रति लक्षित गर्दै उनीहरु विदेशीलाई कम्फर्टेबल सरकार बनाइ भ्रष्टाचार, सर्वसत्तावाद र अस्थिरताको नयाँ श्रृखला चलाउन खोजेको आरोप पनि लगाएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरी चुनावको मिति घोषणा गरेपनि त्यस विरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि सुनुवाइ जारी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.