मदन भण्डारीको नाम ‘गायत्रीमन्त्र’ झै जप्न थाले : प्रधानमन्त्री

डिसी नेपाल
१४ असार २०७८ १३:५८
4
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारीको नामलाई गायत्रीमन्त्र जस्तै गरेर माधव नेपालले जपिरहेको बताएका छन्। मदन भण्डारीको ७०औँ जन्मजयन्तीको अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अफ्ठेरो परेपछि नेपालले भण्डारीको नाम जप्न थालेको बताए।

‘जसरी अफ्ठेरो ठाउँमा हामीले गायत्रीमन्त्र जप्ने गछौं। त्यसैगरी मदन भण्डारीको नाम सुन्न पनि मन नपराउने जबज भन्ने गरेका छन्,’ प्रधानमन्त्री ओलीले भने। उनले अफठेराे परेका बेला जबज भन्ने सजिलाे हुदा मदन मण्डारीलाई मन नपराउने गरेकाे बताए

भण्डारीले सिद्धान्तको लागि जीवन दिएको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘मैले थुप्रै ठाउँमा यस्ता प्रशंग भन्ने गरेको छु। हिजोसम्म जबज सुन्न नै नचाहानेले आज मदन भण्डारी भनेको सुन्दै छु। बाहुनले गायत्रीमन्त्र जपेजस्तो गर्दै गरेको सुन्छु’

सुकरातको प्रशंग उठाउँदै प्रधानमन्त्री ओलीले मानव जातीलाई सुरक्षित बनाउने र सत्यमा आधारित भएको सिद्धान्तकोपछि लाग्नु पर्ने बताए। उनले मदन भण्डारीले जवजको सिद्धान्त प्रतिपाद गरेकाले जबजको पछाडी लाग्नु पर्ने उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.