टेकु अस्पतालको निर्देशकमा डा. अनुप बास्तोला
काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा. अनुप बास्तोला नियुक्त भएका छन् ।
डा. सागरराज भण्डारीले अवकाश पाएपछि अस्पतालका प्रमुख कन्सलटेन्ट सरुवारोग विशेषज्ञ डा. बास्तोलालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अनुसार निर्देशकमा नियुक्त गरिएको हो ।
उनले आजैदेखि पदभार सम्हालेका छन् । बास्तोला यसअघि टेकु अस्पतालको प्रवक्ता समेत रहेका थिए । डा. बास्तोलाले थाइल्याण्डको महिडोल विश्वविश्वद्यालबाट ट्रपिकल मेडिसिनमा एमडी र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)बाट छाला तथा यौन रोगका एमडी गरेका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment