काठमाडौंमा आजदेखि सार्वजनिक यातायात संचालनमा
काठमाडौं । कोरोनाका कारण लामो समयदेखि रोकिएको सार्वजनिक सवारीका साधनहरु आजदेखि संचालनमा आएका छन्। कोरोनाको दोश्रो लहरले महामारीको रुप लिएपछि सरकारले बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेको थियो।
काठमाडौं उपत्यकाका तीनवटै जिल्लाहरुमा जोर विजोर प्रणाली अनुसार आजदेखि सार्वजनिक सवारी साधन संचालनमा आएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।
तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले आजदेखि लागु हुने गरी २५ सिट भन्दा बढी भएका सवारी साधनलाई जोर विजोर प्रणालीबाट संचालनमा ल्याउन सकिने आदेश जारी गरेका थिए।
सार्वजनिक यातायात संचालनमा आए पनि काठमाडौं प्रवेशमा भने कडाइ गरिएको छ। आदेशमा भनिएको छ, ‘अत्यावश्यक सामग्री बोकेका, एम्बुलेन्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जिल्लाबाट स्वीकृति लिएर आएका बाहेक अन्य सवारी साधनलाई उपत्यका प्रवेशमा रोक लगाइएको छ।’







डिसी नेपाल








Facebook Comment