एमालेका दोस्रो तहका नेताहरुबीच समिट होटलमा वार्ता
काठमाडौं। सत्तारुढ दल एमालेको आन्तरिक विवाद समाधानका लागि भन्दै बुधबार एमालेका दोस्रो तहका नेताहरुबीच वार्ता शुरु भएको छ। एमाले जेठ २ पूर्वको अवस्थामा फर्किने निर्णय भएसँगै बुधबार दोस्रो तहका नेताहरुबीच छलफल शुरु भएको हो।
ललितपुरको समिट होटलमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूहका नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल तथा माधवकुमार नेपाल समूहका घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र भीम आचार्यबीच वार्ता भइरहेको छ।
अध्यक्ष ओलीको अध्यक्षतामा बुधबार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले महाधिवेशन आयोजक कमिटी खारेज गर्दै केन्द्रीय कमिटी क्रियाशील गराउने निर्णय गरेको थियो। त्यसपछि एमालेको जारी विवाद समाधान उन्मुख भएको चर्चा गरिए पनि अध्यक्ष ओली र वरिष्ठ नेता नेपालले भने एकअर्काप्रति कडा टिप्पणी गर्दै आएका छन्।
आगामी शुक्रबारका लागि केन्द्रीय कमिटीको बैठक बोलाइएको छ। सो बैठकमा माधव समूह सहभागी हुन्छ कि हुँदैन भन्ने चासो बढिरहेको छ। सो बैठक अघि नै कुनै सहमति जुटाउने प्रयास स्वरुप समिट होटलमा वार्ता भइरहेको नेताहरुले बताएका छन्।







डिसी नेपाल








Facebook Comment