सर्वोच्चको फैसला आउँदासम्म जसको हस्ताक्षर हुन्छ ती एमाले होइनन् : ओली

डिसी नेपाल
१९ असार २०७८ १७:४८
332
Shares

काठमाडौं। एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनविरुद्ध तथा काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा हस्ताक्षर फिर्ता नलिनेहरु एमाले नरहने बताएका छन्।

बालुवाटारमा जारी एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सर्वोच्चको फैसला आउँदासम्म जसको हस्ताक्षर फिर्ता हुँदैन उनीहरु एमाले नरहने बताएका हुन्। उनले पार्टीलाई ढाल्ने विपक्षीलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नेहरु एमाले हुन नसक्ने बताएका हुन्।

सर्वोच्चमा विचाराधीन यो मुद्दामा रिट निवेदक र सरकारी पक्षको बहस सकिएको छ भने अब ६ घण्टाको बहसमात्र बाँकी छ। सर्वोच्चमा यो मुद्दामा अब छिटै फैसला आउँदैछ। यसअघि एमालेको शुक्रबार बसेको बैठकले रिटमा हस्ताक्षर गर्ने २३ जना नेताहरुलाई हस्ताक्षर फिर्ता लिन सोमबारसम्मको अल्टिमेटम दिएको थियो।

तर, रिटमा हस्ताक्षर गरेको माधव समूहले भने हस्ताक्षर फिर्ता नलिने बताइसको छ। शनिबार नै ओली र नेपालबीच भएको टेलिफोन वार्ता पनि नेपालले हस्तक्षर फिर्ता नलिने बताइसकेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.