एमाले विवाद : नेपाल समूहका नेतासँग छलफल गर्न ओली सक्रिय
फाइल फाेटाे
काठमाडौ। नेकपा एमालेको केन्द्रीय कमिटीले नेपाली काग्रेसका सभापति शेरबहादुर देउवलाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन दिएको अल्टिमेटम सकिनु एक दिन अघि प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाललाई संयुक्त वक्तव्य निकाल्न लगाउने नेताहरुको प्रयास सफल हुन सकेन।
विवाद समाधानका लागि सक्रिय दोस्रो तहका नेताहरुले आइतबार दिनभर विशेष गरी संयुक्त वक्तव्य निकाल्न माधव नेपाललाई गरको आग्रहले मूर्त रुप लिन नसकेपछि आइतबार राति माधव नेपाल समूहका नेता उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग झण्डै दुई घण्टा छलफल गरे।
प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधव नेपालसँग भेट्न गरेको प्रयास भने सफल हुन सकेको छैन। प्रधानमन्त्री ओलीले नेता नेपाललाई फोन गरेर भेट्ने प्रस्ताव गरेका थिए। तर नेता नेपालले अस्वीकार गरेको बालुवाटार निकट स्रोतले जनाएको छ।
माधव नेपालले प्रधानमन्त्री ओलीसँग भेट्न नमानेपछि नेपाल निकट उपाध्यक्ष रावलसँग झण्डै दुई घण्टा छलफल गरेका हुन्। अध्यक्ष ओली र उपाध्यक्ष रावलबीच पार्टी एकतका विषयमा छलफल भएको थियो।
तपाईँले उठाउँदै आउनु भएको मुख्य माग पार्टीलाई पुरानै अवस्थामा फर्काउने कुरा पूरा भएको छ। अब दुवै नेताले पार्टी एक ढिक्का रहेको संयुक्त वक्तव्य निकाल्नुहोस्’ भनेर आग्रह गरेको थिए। जवाफमा नेता नेपालले तपाईँहरुको प्रस्ताव सकरात्मक छ। म साथीभाइसँग छलफल गर्छु भन्ने जवाफ दिएका थिए।
‘हामीले अध्यक्ष ओली कमरेडलाई सबै कमरेडसँग छलफल गरेर विवाद समाधानका लागि भूमिका निर्वाह गर्न सुझाव दिएका छौं,’ ओली निकट स्थायी कमिटी सदस्य सुवास नेम्वाङले डिसी नेपालसँग भने।
आइतबार सुवास नेम्वाङ, विष्णु पौडेललगायतका ओली पक्षका नेताले नेता नेपाललाई भेटेर विवाद समाधानका लागि भूमिका खेल्न आग्रह गरेका थिए। उनीहरुले पार्टी एक छ र एक ढिक्का रहनेछ भनेर दुवै अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपालले हस्ताक्षर गरेर वक्तव्य जारी गर्न आग्रह गरेका थिए।
छलफलमा सहभागी नेता नेम्वाङका अनुसार उक्त प्रस्तावमा नेता नेपालले साथीभाइसँग सल्लाह गर्छु भन्ने प्रतिक्रिया दिएका थिए। दुई नेताबीच संवाद गराउन दुवै पक्षका नेता सक्रिय छन्। ओली पक्षबाट नेम्वाङ, विष्णु पौडेल र शंकर पोखरेल सक्रिय छन् भने नेपाल पक्षबाट सुरेन्द्र पाण्डे र घनश्याम भुसाल सक्रिय छन्।
यद्यपी अहिलेसम्म कुनै निष्कर्ष निस्किएको छैन। आइतबार नेता नेपालसँग भएको छलफलमा ओली समूहका नेताहरुले ‘तपाईँले उठाउँदै आउनु भएको मुख्य माग पार्टीलाई पुरानै अवस्थामा फर्काउने कुरा पूरा भएको छ। अब दुवै नेताले पार्टी एक ढिक्का रहेको संयुक्त वक्तव्य निकाल्नुहोस्’ भनेर आग्रह गरेको नेम्वाङले जानकारी दिए। जवाफमा नेता नेपालले तपाईँहरुको प्रस्ताव सकरात्मक छ। म साथीभाइसँग छलफल गर्छु भन्ने जवाफ दिएका थिए।
नेता नेपालसँग भएको कुरा नेतहरुले प्रधानमन्त्री ओलीलाई पनि जानकारी गराए। उनीहरुले प्रधानमन्त्री ओलीलाई सबै नेतारुसँग छलफल गर्न सुझाव दिएका थिए। माधव नेपाल तत्काल छलफल गर्न तयार नभएपछि उनीहरुले उपाध्यक्ष भीम रावलसँग छलफल सुवाझ दिएका थिए।
ओली र रावलबीच दुई घण्टा लामो छलफल भएपनि के विषयमा छलफल भयो भन्ने खुलाइएको छैन। मेचीदेखि महाकालीसम्मका कार्यकर्ता पार्टी एकताको पक्षमा रहेका पार्टीलाई विभाजनबाट रोक्न दुवै पक्ष सक्रिय छन्, तर निष्कर्षमा भने पुग्न बाँकी रहेको नेताहरुले जनाएका छन्।
शनिबार सम्पन्न केन्द्रीय कमिटीको बैठकले नेपाललाई हस्ताक्षर फिर्ता गर्न सोमबारसम्मको अल्टिमेटम दिएको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन नेपाल समूहका २३ जना सांसदले गरेको हस्ताक्षर फिर्ता हुनुपर्ने अडान ओलीको छ।
तर, नेपाल समूहले पार्टी २ जेठ २०७५ मा फर्किनुपर्ने अडान राख्दै आएको छ। केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सर्वोच्च अदालतको फैसला अघि हस्ताक्षर फिर्ता नभए हस्ताक्षर गर्ने सांसद एमालेको नेता हुनै नसक्ने चेतावनी दिएका थिए।







डिसी नेपाल








Facebook Comment