देउवालाई प्रधानमन्त्री बनाउन माग गरिएको रिटमाथिको बहसमा एमीकस क्युरी राय दिँदै, आजै बहस सकिने

डिसी नेपाल
२१ असार २०७८ १६:०३
684
Shares

काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्ध तथा काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै देउवालगायत १४६ जना सांसदले सर्वोच्च अदालतमा दायर रिटमाथिको बहस अन्तिम चरणमा पुगेको छ।

रिट निवेदक र सरकारी पक्ष बहस सकिएपछि एमीकस क्युरीले राय दिइरहेका छन्। ४ जना एमीकस क्युरी मध्ये अहिले तेस्रो वरिष्ठ अधिवक्ता कोमलप्रसाद घिमिरेले राय दिइरहेका छन्। घिमिरेपछि वरिष्ठ अधिवक्ता प्रकाशबहादुर केसीले राय दिने छन्।

एमीकस क्युरीलाई राय दिनका लागि २ घण्टाको समय दिइएको छ। सोमबार नै उनीहरुले पनि राय दिइसक्ने छन्। एमीकस क्युरीले राय दिएपछि रिट फैसलाको चरणमा पुग्ने छ। एमीकस क्युरीको रायपछि सर्वोच्चले सोमबार नै फैसला दिन पनि सक्छ, फैसलाका लागि अर्को मिति पनि तोक्न सक्छ।

सर्वोच्चको संवैधानिक इजलासमा यो रिटमाथि बहस भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.