एमालेको कार्यदल ब्यूउँतियो, विवाद समाधानोन्मुख

डिसी नेपाल
२१ असार २०७८ १७:५८
2.5k
Shares

काठमाडौं। सत्तारुढ दल एमालेको आन्तरिक विवाद समाधानोन्मुख देखिएको छ। यसअघि निष्क्रिय भएको कार्यदल ब्यूउँतिएसँगै एमालेको विवाद समाधानको दिशातर्फ अगाडि बढेको छ। यसअघि अध्यक्ष केपी शर्मा ओली समूहबाट ५ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबाट ५ गरी १० सदस्यीय कार्यदल बनाइए पनि कार्यदलमा रहेका भीम रावललगायतले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेपछि कार्यदल निष्क्रिय भएको थियो।

यसअघि कार्यदलको दुई पटकसम्म बैठक बसेको थियो। तर, त्यो बैठकमा सहमति जुट्न सकेको थिएन। त्यसपछि देउवालाई प्रधानमन्त्री बनाउन माधव समूहका २६ जना सांसदले हस्ताक्षर गरेका थिए। ती मध्ये कार्यदलमा रहेका रावललाई पार्टीबा निष्कासनसमेत गरिएको थियो।

तर, ओलीले बनाएको महाधिवेशन आयोजक कमिटी खारेज भएर साविकको केन्द्रीय कमिटी बैठक ब्यूउँताइएको छ। र कारबाही पनि प्रभावहीन बनेको छ।

कार्यदल निष्क्रिय भएपछि दुबै तर्फका नेताहरुबीच अनौपचारिक वार्ताहरु निरन्तर भएका छन्। सोही अनौपचारिक वार्ताले वातावरणलाई सहज पारेपछि सोमबार कार्यदल ब्यूउँताइएको हो।

कार्यदलमा ओली समूहबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ, उपमहासचिब विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरु प्रदीपकुमार ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् भने माधव समूहबाट उपाध्यक्ष भीम रावल, उपमहासचिब घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे र रघुजी पन्त छन्। कार्यदलको सोमबार नै बैठक बस्न सक्ने जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.