अध्यक्ष ओली र वरिष्ठ नेता नेपालसँग थप छलफल गर्ने कार्यदलको निर्णय
काठमाडौं। पार्टीभित्रको विवाद समाधानका गठित कार्यदलले पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालसँग थप छलफल गर्नुपर्ने निष्कर्ष निकालेको छ। बुधबार सिंहबारमा बसेको कार्यदलको बैठक कतिपय विषयमा अध्यक्ष ओली र वरिष्ठ नेता नेपालसँग छलफल गर्नु पर्ने निष्कर्ष निकालेको हो। दुवै नेतासँग थप छलफल गरेर भोलि फेरि बैठक बस्ने गरी आजको बैठक सकिएको छ।
माधव नेपाल समूहबाट कार्यदलका संयोजक भीम रावलले बैठक बस्नु अघि नेता नेपालसँग छलफल गरेका थिए। नेपालसँगको छलफलपछि कार्यदलको बैठक बसेको थियो। बैठक पार्टीभित्रको विवाद समाधानमा केन्द्रित रहेपनि कुनै निष्कर्ष नस्किएन। बैठकले संचारकर्मीसँग कुरा गर्दै कार्यदल सदस्य गोकर्ण विष्टले पार्टी एकताको लागि प्रयास जारी राखेको प्रतिक्रिया दिए।
पार्टीका शीर्ष र दोस्रो तहका नेताबीच भएको अनौपचारिक छलफललाई व्यवस्थितरुपमा सहमतिमा परिणत गर्न कार्यदल सक्रिय भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली महाधिवेशन आयोजक कमिटी विघटन गराई २०७५ जेठ ३ गते अगाडिको साङ्गठनिक स्थितिका आधारमा सञ्चालन गर्न तयार भएपछि सहमतिको वातावरण बनेको हो।
एमाले केन्द्रीय कमिटीको १३ औँ बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्ताव र सर्वोच्च अदालतमा रिट दायर गर्दा पार्टीका २३ निवर्तमान सांसदबाट गरिएको हस्ताक्षर फिर्ता आग्रह गरेको थियो।
अहिले कार्यदलमा विशेष गरी त्यही विषयमा केन्द्रित रहेर छलफल भएकोछ। नयाँ प्रधानमन्त्री चयन प्रक्रिया सफल हुन नसकी गत जेठ ८ गते प्रतिनिधिसभा दोस्रो पटक विघटन भएपछि एमालेको कार्यदल निष्क्रिय भएको थियो।
कार्यदलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली पक्षबाट नेता सुवास नेम्वाङ, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली, शङ्कर पोखरेल र विष्णुप्रसाद रिमाल तथा नेता माधवकुमार नेपाल पक्षबाट भीमबहादुर रावल, घनश्याम भुसाल, सुरेन्द्रप्रसाद पाण्डे, विष्ट र रघुजी पन्त छन्। अध्यक्ष ओली र नेता नेपालबीचको सहमतिबाट १० सदस्यीय कार्यदल गठन भएको थियो।







डिसी नेपाल








Facebook Comment