सवारी दुर्घटनामा उपप्राध्यापकको मृत्यु

डिसी नेपाल
२४ असार २०७८ १७:१९
20
Shares

झापा । मेची बहुमुखी क्याम्पस भद्रपुरका उपप्राध्यापक ५० वर्षीय ताराकान्त झाको सवारी दुर्घटनामा परी आज मृत्यु भएको छ । भद्रपुर नगरपालिका–८ स्थित भित्री सडकखण्डमा सवारी दुर्घटनामा परी घाइते भएका उनलाई उपचारका लागि ओमसाई पाथीभरा अस्पताल लगिएको थियो । अस्पतालले त्यहाँ उपचार सम्भव नभएको भन्दै उनलाई न्यूरो अस्पताल विराटनगरमा सिफारिश गरेको थियो । न्यूरोमै उपचारका क्रममा उहाँको आज मृत्यु भएको प्रहरीले जनाएको छ ।

क्याम्पस रसायन शास्त्र विभागका उपप्राध्यापक झा सवार मे२प २५२५ नंको मोटरसाइकलले भद्रपुरबाट चन्द्रगढीतर्फ जाँदै गर्दा सडकमा रोकी राखेको ना३ख ८५४२ नंकोे ट्रकलाई बुधबार राति ठक्कर दिँदा घाइते हुनुभएको थियो । झा सवार मोटरसाइकले सो ट्रकमा सामान लोड गर्दै गरेका चालक बुद्धशान्ति गाउँपालिका–१ होक्से निवासी ३५ वर्षीय कमल ढुङ्गेललाई समेत ठक्कर दिँदा घाइते हुनुभएको छ । उहाँको विर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ ।

ट्रकले ठक्कर दिँदा एकको मृत्यु

नारायणगढको पुल्चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । नवलपुरको गैडाकोटबाट भरतपुरको चौबीसकोठीतर्फ आउँदै गरेको ना५ख ५८१६ नंको ट्रकले सोही दिशातर्फ जाँदै गरेको ना५९प ३४०४ नंको स्कुटरलाई आज ठक्कर दिँदा स्कुटर पछाडि सवार भरतपुर महानगरपालिका–१५ मङ्गलपुर निवासी ३० वर्षीय विष्णु दवाडीको मृत्यु भएको छ । ट्रकको ठक्करबाट घाइते उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । स्कुटर चालक सोही ठाउँकी जस्मिन न्यौपाने घाइते भएकी छन् । उनको उपचार भइरहेको छ । ट्रक र ट्रकका चालकलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.