माओवादी छाडेका एमाले नेतालाई विप्लवले भेटे
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलेएमालेमा प्रवेश गरेका पूर्व माओवादी केन्द्रका नेताहरुसँग भेट गरेका छन् । विप्लवले टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा र प्रभु साहसँग लेखराजनिवासमा भेट गरेका हुन् ।
उनीहरुबीच करिब ३ घण्टा भएको छलफलमा कम्युनिष्ट आन्दोलन र मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको एक नेताले जानकारी दिए ।
पछिल्लो केही दिनयता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता माधवकुमार नेपाल, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणसँग भेट गरेका थिए ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment