कार्यकारिणी सदस्यलाई नागरिकतासहित उपस्थित हुन निर्वाचन आयोगको आदेश
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)को आधिकारिता विवादबारे सुनुवाई गरिरहेको निर्वाचन आयोगको इजलासले कार्यकारिणी समितिका सदस्यहरुलाई नागरिकतासहित उपस्थित हुन आदेश दिएको छ। इजलासले विहीबार नागरिकता र मतदाता परिचयपत्र सहित आफै आयोगमा उपस्थित हुन आदेश दिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। उनीहरुलाई यही साउन ११ गते ११ बजे आयोगको इजलासमा उपस्थित हुन आदेश दिइएको हो।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको नेतृत्वमा ५ सदस्यीय इजलास गठन भएको छ। सो इजलासमा जसपा आधिकारिता विवादबारे सुनुवाई भइरहेको छ।
यसअघि इजलासले जसपा बैठकको सक्कल कागजात पेश गर्न आदेश दिएको थियो। अब कार्यकारिणी समितिका सदस्यहरुको हेड काउण्ट गर्न लागिएको हो।
जसपामा उपेन्द्र समूह र महन्थ ठाकुर समूहबीच विवाद छ। ५१ सदस्यीय कार्यकारिणी समिति र ३६ सदस्यीय संसदीय दलमासमेत उपेन्द्र समूहको बहुमत छ। तर संसदीय दलको बहुमत उपेन्द्र समूहले काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि पुगेको हो।
महन्थ ठाकुर समूह ओली सरकारमा सहभागी हुँदा संसदीय दलमा भने ठाकुर समूहकै बहुमत थियो। तर, ५१ सदस्यीय कार्यकारिणी समितिमा भने उपेन्द्र समूहको पक्षमा कम्तिमा ३२ जना रहेको दावी गरिन्छ।







डिसी नेपाल








Facebook Comment