१४ औं महाधिवेशनमा म महामन्त्रीको उम्मेद्वार हुँ : डा. मिनेन्द्र रिजाल

डिसी नेपाल
८ साउन २०७८ ७:३१
3.9k
Shares

नेपाली काग्रेसको महाधिवेशनको मिति नजिकिँदै गर्दा महाधिवेशनको सरगर्मी बढेको छ। वडादेखि केन्द्रसम्म चहल पहल गरेको छ। महाधिवेशनको मिति नजिकिँदै गर्दा कांग्रेसभित्र क्रियाशील सदस्यताको विवाद बढ्दै गएको छ।

नेपाली कांग्रेसका संस्थापन नेता विपी कोइरालाको स्मृति दिवसमा विपीका योगदानलाई स्मरण गरिँदैछ। यतिबेला नेपाली कांग्रेस सरकारमा पनि छ। सरकारको नेतृत्व गरेको कांग्रेसमाथि विपीको आदर्श र सिद्धान्त बिर्सिएको आरोप लाग्ने गरेको छ। यसै सेरोफेरोमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालसँग गरिएको कुराकानीको सम्पादित अश:

सरकारको नेतृत्व गरेसँगै विपी स्मृति दिवस पनि मनाउनु भयो, कसरी सम्झनु हुन्छ विपीलाई ?

विपीलाई सरकारसँग जोड्दाखेरी म के भन्छु भने प्रधानमन्त्री शेरबहादुर देउवा आफै नै विपीसँग लामो संगत गरेको मान्छे हो । विपीले एकदमै स्नेह गरेको मान्छे हो, प्रधानमन्त्री देउवा । त्यसैले उहाँले विपी भए यसो गर्नुहुन्थ्यो भनेर नै काम गर्नु हुन्छ होला भन्ने लाग्छ ।

एउटा प्रसंग २०३७ सालको जनमत संग्रहभन्दा अघि धनगढीको सभामा विपी कोइराला जाँदा (तर म भने त्यो सभामा थिइन) त्यहाँका मानिसहरुले देउवाप्रति स्नेह गरेको देखेर विपीले भन्ने गर्नुहुन्थ्यो यिनी त पश्चिमका बेताज वादशाहा रहेछन् भनेर ।

त्यतिबेला सायद शेरबहादुर देउवा ३६–३७ वर्षको हुनुहुन्थ्यो, त्यो उमेरको देउवालाई उहाँले बेताज वादशाहा भन्ने र उहाँलाई प्रोत्साहित गरेर अगाडि लाने काम गर्नु भयो । अब प्रधानमन्त्री देउवाले विपीलाई सम्झेर, विपीको आदर्शका अनुसार कसरी काम गर्नुहुन्छ त्यो समयले मूल्यांकन गर्छ मैले आजै भनिराख्नु जरुरत हुँदैन ।

 तपाईं आफूले कसरी सम्झिनु हुन्छ, विपीलाई ?

मैले भन्नुपर्दा, विपी कोइरालालाई मान्छेले एउटै मात्र तरिकाले बुझेका छैनन्। गान्धीवाद र नेपालको चुनौती देख्नुभएको विपी कोइरालाले नेपालमा सशस्त्र क्रान्तिको आह्वान गर्नुभयो।  पहिलो जननिर्वाचित प्रधानमन्त्री विपी कोइराला बिना मुद्दा आठ वर्ष थुनामा पर्नु भयो।

२०२५ सालमा छुट्नु भयो र छुटेपछि नेपालमा प्रजातन्त्रको पुनस्र्थापना गर्नको लागि सशस्त्र क्रान्तिको आह्वान गर्नु भयो। गान्धीवाद र नेपालको चुनौतीमा नेपालमा गान्धिवादी बाटोबाट सम्भव छैन, बेलायतको जस्तो शासक होइन सशस्त्र क्रान्तिको बाटोबाट मात्रै नेपाललाई परिवर्तन गर्न सकिन्छ भन्ने विपी कोइरालालाई सम्झौछौंं।

प्रजातन्त्रको लागि राजासँग हाम्रो लडाइ हो तर राष्ट्रियताका लागि एक ठाउँमा बाधिएका छौं भन्ने विपीलाई सम्झन्छौं। हरेक मान्छेलाई सम्मान गर्नुपर्छ, मानिस सबै सम्मानित हुनुपर्छ, ठूलो सानो जुनसुकै पदको मान्छे पनि सम्मानित हुनुपर्छ भन्ने मान्यता राख्ने विपीलाई सम्झिन्छौं। एकांकी व्याख्याबाट विपी कोइरालालाई चिन्न सम्भव छैन, चिन्नु हुँदैन।

२०३३ साल पुष १६ मा राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर आउनु भएको विपी कोइराला जसले पञ्चायतको अदालतमा आठ वटा फासिका मुद्दा लड्नु भयो। त्यतिबेला मलाई राजाले फासि दिन सक्दैन भनेर उहाँ पञ्चायतको अदालतसँग लड्न तयार हुनुभयो। प्रजातन्त्रको लागि राजासँग हाम्रो लडाइ हो तर राष्ट्रियताका लागि एक ठाउँमा बाधिएका छौं भन्ने विपीलाई सम्झन्छौं।

हरेक मान्छेलाई सम्मान गर्नुपर्छ, मानिस सबै सम्मानित हुनुपर्छ, ठूलो सानो जुनसुकै पदको मान्छे पनि सम्मानित हुनुपर्छ भन्ने मान्यता राख्ने विपीलाई सम्झिन्छौं। एकांकी व्याख्याबाट विपी कोइरालालाई चिन्न सम्भव छैन, चिन्नु हुँदैन।

 स्मृति र जन्मजयन्तीमा मात्र विपीको नाम जपिन्छ तर काम गर्ने बेलामा विपीको सिद्धान्तलाई बिर्सिन्छ कांग्रेसले भन्ने आरोप लाग्ने गर्छ नि ?

आरोपले हामीलाई मद्दत के गर्छ भने, विपीलाई सम्झन, विपीको सम्झनाबाट अभिप्रेरित हुने, उहाँ हुनुभएको भए के गर्नु हुन्थ्यो होला भनेर सोच्न र त्यही अनुसार काम गर्न हामीलाई अझ बल पुग्छ।

त्यसैले त्यो आरोप, टिप्पणीलाई मैले चित्त दुखाउनु पर्ने छैन । नेपाली कांग्रेसको मान्छे मात्र होइन आज विपीलाई नमान्ने नेपालको कुनै पनि क्षेत्रको मानिस, कुनैपनि विचारको मानिस र कुनै पनि दर्शनको मानिस छैन होला।

कांग्रेस पार्टीको परिधिभित्र अथवा लोकतान्त्रिक राजनीतिक परिधिभन्दा व्यापक भइसकेको छ । त्यसैले विपीलाई आफ्नो तरिकाले बुझेर विपी अनुसारको कांग्रेस भयो कि भएन भनेर टिप्पणी हुनु, प्रेसर आउनु म अश्वाभाविक मान्दिन् ।

 पछिल्लो समय विपीका अनुयायीहरु कांग्रेस पार्टीबाट किनारा लाग्नु भयो भन्ने पनि छ नि ?

यो कुरालाई म मान्दिन । शेरबहादुर देउवा, रामचन्द्र पौडेल विपीसँग सबभन्दा लामो संगत गरेको नेता होइन र ? कसैले उभिएर देउवा, पौडेलभन्दा बढी मैले विपीसँग संगत गरेको छु भन्न त मिलेन होला नि। त्यसअर्थमा विपीको विचारको एकांकी व्याख्या गर्ने मानिसहरु नहुनु होला । कसैले विपी गणतन्त्रको पक्षमा हुनुहुन्न थियो भन्नुहुन्छ।

विपीको लेखाइबाट, विचारबाट कहिल्यै उहाँ गणतन्त्रवादी हुन सक्नु हुन्न भन्ने निश्कर्ष निकाल्न सक्नु हुन्न । उहाँले राष्ट्रियताको सवालमा राजा पनि हाम्रो सहयोगी हुन सक्छन, साझेदार हुन सक्छन् भन्ने कुरा गर्नु भयो। विपीले त्यो समयमा राजा साझेदार हुन सक्दछ भन्नु भएको थियो । यसको अर्थ कहिले पनि नेपाल गणतान्त्रत्मक हुनु हुँदैन भन्नु भएको थिएन।

विपीका एक से एक रचनाहरु छन्, ति रचनाले गणतन्त्र बाहेक अर्को बाटो विपीले देख्नु भएको थिएन भन्ने कुरा मान्छेले त्यत्तिकै तर्क गर्छन्। तर, विपीले हामीलाई अन्तिम समयसम्म पनि आफ्नो विवेकलाई टटोल्नु भन्नु भएको थियो। त्यसकारण कांग्रेसले युगान्तकारी जनआन्दोलनको सफलता पछाडि विवेकलाई टटेल्यो । युगान्तकारी जनआन्दोलन गर्दाखेरी हामीले निरंकुश राजतन्त्रको अन्त्य भनेर लेख्यौं।

क्रियाशिल सदस्यताको सबैचिज टुङ्गो लगाएर क्रियासिल सदस्यताको फहेरिस्त तयार गर्ने र असार ३० गतेसम्म सभापतीले त्यसलाई प्रमाणित गरेर देशभरि नेपाली कांग्रेसको क्रियासिल सदस्य यी हुन्, यिनीहरुले मतदान गर्ने छन् र सबभन्दा तल्लो तहको अधिवेशनमा मतदान गर्ने यिनीहरु हुन भनेर त्यसलाई टुङ्याउनु पर्ने थियो । तर, आज साउनको ७ गतेसम्म त्यो काम सकेका छैनौं । अब फेरि १० गते पनि नसकिएला कि भन्ने चिन्ता छ।

निरंकुश राजतन्त्रको अन्त्य भन्दाखेरी माओवादीको बुझाइमा राजतन्त्रको अन्त्य थियो, हाम्रो बुझाइमा निरंकुशताको अन्त्य थियो।  हामी १२ बुँदे समझदारी गर्दाखेरी राजतन्त्रको अन्त्यमा पुगेका थिएनौं। हामी निरंकुशताको अन्त्यमा थियौं । त्यसैले हामीलाई निरंकुश राजतन्त्रको अन्त्य भन्ने थियो । उनीहरुलाई चाहीँ राजतन्त्र निरंकुश नै हुन्छ त्यसकारण अन्त्य भन्ने थियो

तर २०६२/६३ को जनआन्दोलन सफल भएपछि देशभरी घुम्दै, बुझ्दै गयौं र आफ्नो विवेकलाई टट्याउँदाखेरी त्यसबेला विपी कोइरालाको पार्टीले नेपाल गणतन्त्रको लागि तयार भएको छ भन्ने देख्यो। र, गणतन्त्रको लागि तयार मात्र होइन गणतन्त्रबाहेक अर्को बाटो बाट नेपालको लोकतन्त्रलाई बलियो बनाउन सकिदैन भन्ने भयो। विपीको भाइ गिरिजाप्रसाद कोइराला त्यसबेला शान्ति प्रक्रियाको नायक हुनुभयो।

गठबन्धनको सहयात्रामा सरकार बनेको छ, सहयात्रा सँगै भएको हुनाले पुष्पलालको स्मृतिलाई चाहीँ कसरी सम्झनु हुन्छ ?

मैले हेर्ने भनेको विपीले देखाएको पुष्पलाल हो। जिवनमा मैले पुष्पलालजीलाई सिधैं भेटिन। पुष्पलालमाथि अरु कम्युनिष्टहरु जसरी पुष्पलालको बाटोमा हिडेनन्, उनले गाली गरेको सम्झिने हो मैले। अहिले फर्केर हेर्दा सबै कम्युनिष्टहरुले पुष्पलालको सम्मान गरेर सम्झिन थालेको रुपान्तरणलाई पनि हेरिराखेको छु।

त्यसअर्थमा मैले विपीको आँखाबाट देख्ने पुष्पलाललाई नेपालमा संघर्ष गरेर प्रजातन्त्रको पुनस्थापना गर्नुपर्छ भन्ने कुरामा विपी र पुष्पलाल कुरा गर्नु हुन्थ्यो। कम्युनिष्टहरु ठूला सिद्धान्तको कुरा गर्नुहुन्छ र त्यो नटुंग्याउदासम्म अरु हुँदैन भन्नु हुन्छ।

कांग्रेसको आर्थिक कार्यक्रम कस्तो हुन्छ भनेर चिन्ता लाग्यो भने त्यो आर्थिक कार्यक्रम गर्ने तपाई लेख्नुस, तपाई जे आर्थिक कार्यक्रम गर्नुहुन्छ म हस्ताक्षर गर्न तयार छु। राजनीतिक दस्तावेज म लेख्छु, आर्थिक दस्तावेज तपाई लेख्नुस् हाम्रो साझा दस्तावेज हुन्छ कांग्रेस र कम्युनिष्टको भनेर विपीले पुष्पलाललाई भन्नु भयो।

साझा दस्तावेजबाट नेपालमा प्रजातन्त्र पुनस्थापना गरौं भन्नु भयो विपीले । अब आर्थिक कार्यक्रम तपाई लेख्नुस भन्ने विपी कोेइरालालाई आज कम्युनिष्ट विरोधी हुनुहुन्थ्यो भनेर व्याख्या त गलत हुन्छ होला नि ।

 कांग्रेसको माहाधिवेशनको तयारी कहाँ पुग्यो ?

क्रियाशिल सदस्यताको सबैचिज टुङ्गो लगाएर क्रियासिल सदस्यताको फहेरिस्त तयार गर्ने र असार ३० गतेसम्म सभापतीले त्यसलाई प्रमाणित गरेर देशभरि नेपाली कांग्रेसको क्रियासिल सदस्य यी हुन्, यिनीहरुले मतदान गर्ने छन् र सबभन्दा तल्लो तहको अधिवेशनमा मतदान गर्ने यिनीहरु हुन भनेर त्यसलाई टुङ्याउनु पर्ने थियो । तर, आज साउनको ७ गतेसम्म त्यो काम सकेका छैनौं । अब फेरि १० गते पनि नसकिएला कि भन्ने चिन्ता छ।

रमेश लेखकको संयोजकमा बनेको समितिले एकसरो काम गर्‍याे। उहाँहरुले दुई वटा जिल्ला पूरै र केही निर्वाचन क्षेत्रका पालिकाहरुमा मिलाउन सकेका छैनौं, केन्द्रीय समितिमै त्यसलाई मिलाउनको लागि मूल नेताहरुलाई अनुरोध गर्छौ भन्नु भएको छ।

त्यसले दुई चार दिन समय लाग्ला । त्यो सकिएपछि हाम्रो पार्टीमा अरु पार्टीबाट आएका मान्छेहरुलाई समायोजन गर्ने कुरामा पार्टीका उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा समिति छ, त्यो समितिले समायोजनको टुंगो लगाउछ । र, त्यसको १० दिनमा क्रियाशिल सदस्यको नाम तलसम्म पुग्छ ।

क्रियाशिल सदस्यतामा केही कुरामा सहमति खोज्नुपर्ने छ र केही कुरा भइसकेको छ । अहिले सभापतिले समय दिन गाह्रो छ । उहाँले पार्टीको सभापतिको रुपमा भन्दा प्रधानमन्त्रीको रुपमा बढी काम गर्नुपर्ने हुन्छ । त्यो भएर अलिअलि उल्झन छ । तर जतिजुकै अप्ठ्यारो भएपनि हामीले समयसीमाभित्रै माहाधिवेशन गर्नुपर्छ । कांग्रेस पार्टी निर्वाचनमा पुग्नु भन्दा अगाडि कांग्रेस पुनर्ताजगी बन्नको लागि अधिवेशन, माहाधिवेशन सबै जरुरी छ ।

नजिकिदै गरेको महाधिवेशनमा सभापतिको उम्मेदवारी बारेमा के हुँदैछ ?, तपाईंको उम्मेदवारी कुन पदमा हुन्छ ?

हामी छलफल गर्दैछौं । म एउटा उम्मेदारी बनाउनलाई क्रियाशिल हुनुपर्ने मान्छे हो, मेरो जिम्मेवारीभित्र पर्छ, त्यहाँ मेरोे भूमिका छ। मैले मेरो भूमिका गर्ने हो, सम्भावना कति छ भनेर मूल्यांकन गर्ने होइन, त्यो मूल्यांकन तपाईंहरुले गर्ने हो । म महामन्त्री पदमा उम्मेदवार हुने छु।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.