एमाले उपाध्यक्ष भीम रावलले राजीनामा फिर्ता लिए
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनु अघि सांसद पदबाट राजीनामा दिएका नेकपा एमालेका उपाध्यक्ष भीम रावलले राजीनामा फिर्ता लिएका छन्।
राउवलले शुक्रबार प्रतिनिधिसभा बैठक बस्नु अघि राजीनमा फिर्ता लिएको सभामुख अग्नि सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानाले जानकारी दिए। रावलले पार्टी र जनताको आग्रहपछि राजीनामा फिर्ता लिएको जनाएका छन्। उनले सभामुखलाई आफ्नो कारण दुःख भएको भन्दै त्यसप्रति क्षमायाचना गरेका छन्।
प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने नदिने विषयमा विवाद चर्किँदै जाँदा रावलले सांसद पदबाट राजीनामा दिएका थिए। रावलले राजीनामा दिएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले हतारमा राजीनामा दिएको भन्दै मिल्छ भने फिर्ता लिन आग्रह गरेका थिए।
रावललाई राजीनामा दिन सुदूरपश्चिम प्रदेशका एमाले नेताहरुले ठूलो दबाव दिएका थिए। एमाले वरिष्ठ नेता माधव नेपाल केही दिन अगाडि रावलको निवासमै पुगेर राजीनामा फिर्ता लिन आग्रह गरेका थिए।







डिसी नेपाल








Facebook Comment