हेरात प्रान्तमा अफगान सरकारको पुनः नियन्त्रण

डिसी नेपाल
८ साउन २०७८ १८:१२
28
Shares

हेरात । अफगानिस्तानका सरकारी सेनाले शुक्रबार अफगानिस्तान पश्चिमी हेरात प्रान्तको कारुख जिल्लालाई पुनः कब्जा गरेको प्रान्तीय सरकारद्वारा जारी एक विज्ञप्तिमा जनाइएको छ ।

उक्त विज्ञप्तिकाअनुसार आक्रमण शुक्रवार सबेरै शुरू गरिएको थियो । अफगानी सुरक्षाबलले केही घण्टाभित्र आक्रमणकारी समूहलाई त्यहाँबाट धपाउन सफल भएको बताएको छ ।

सरकारले पुनः कब्जा गर्ने क्रममा भएको सुरक्षा कारबाहीमा १८ तालिवान लडाकू मारिनुको साथै अन्य २० जना घाइते भएका विज्ञप्तिमा बताइएको छ ।

उक्त क्षेत्रमा विद्रोहीविरूद्धको कारबाही जारी रहने सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् ।

गत एक महिना यता हेरात प्रान्तमा एक दर्जन भन्दा बढी जिल्ला ओगटेका अफगान तालिवान समूहले कारुख जिल्लाको अवस्थाबारे अझै टिप्पणी गरिसकेको छैन ।

अफगानिस्तानबाट अमेरिकी सेनाको नेतृत्वमा रहेका सेना फिर्ता सुरु भएदेखि नै तालिबानी समूहले ओगटेका सबै जिल्ला फिर्ता गर्न सरकारी सेनाले चाँडै नै कारबाही शुरु गर्ने अफगानिस्तानको रक्षा मन्त्रालयका प्रवक्ता फवाद अमनले बताएका छन्




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *