विमान आकाशमा उडिरहेका बेला अगाडिको पाङग्रा भाँचिएर खस्यो

डिसी नेपाल
९ साउन २०७८ ११:१७
12.0k
Shares

काठमाडौं। अमेरिकाको आरेगोन राज्यको पोर्टल्याण्डमा उडिरहेको एक विमानको अगाडिको पाङ्ग्रा अर्थात ल्याण्डिङ गियर अचानक भाँचिएर भुइँमा खस्यो । ल्याण्डिङ गियर भुइँमा चउरमा खस्यो र यसले लागेर कसैलाई चोट भने लागेन । पाइलटले विमान पनि सुरक्षित अवतरण गराउन सफल भए । आकाशबाट ल्याण्डिङ गियर जहाँ खस्यो त्यो चउरमा ठूलो खाल्डो भने बन्यो ।

गोरहम पुलिसका अनुसार एक विमानले आकाशमा उडिरहेका बेला आफ्नो ल्याण्डिङ गियर गुमाएपछि अगाडिको पाङग्रा बिना गल्फ कोर्सको फेयरवेमा आपतकालीन अवतरण गरेको थियो । द पोर्टल्याण्ड प्रेस हेराल्डका अनुसार ल्याण्डिङ गियर भाँचिएर खसे पनि यो घटनाबाट जमिनमा र हावामा कुनै मानवीय क्षति भने नभएको पुलिसले जनाएको छ ।

गोरहम पुलिस विभागले बुधबार साँझ बताएअनुसार एक निजी स्वामित्व भएको ट्वीन इन्जिन पाइपर नवाहो विमानको ल्याण्डिङ गियर भाँचिएर खसेको थियो । यो विमान पोर्टल्याण्ड इन्टरनेशनल जेटपोर्टमा अवतरण गर्ने कोसिस गरिरहेको थियो । विमान पाङ्ग्राबिना गोरहम काउन्टी क्लवको गल्फ कोर्सको सातौं होलको फेयरवेमा ल्याण्ड गरेको थियो ।

पुलिसका अनुसार ल्याण्डिङ गियर भाँचिएर खसेपछि विमानका पाइलटले पोर्टल्याण्डमा गर्न लागेको अवतरण रोकेर म्याकआर्थर हवाइ अड्डामा फर्केर आर्एका थिए । विमान सुरक्षित रुपमा बेली ल्याण्डिङको लागि सक्षम थियो । पुलिस विभागले यो घटनामा २ चमत्कार भएको भनेको छ । पहिलो ल्याण्डिङ गियर खस्था त्यसले लागेर कुनै नोक्सानी भएन र दोस्रो विमान पनि सुरक्षित अवतरण भयो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *