संघीयता र धर्मका विषयमा रविन्द्र मिश्रको समर्थनमा गोकुल बास्कोटा

डिसी नेपाल
१२ साउन २०७८ ११:११

काठमाडौं। नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले संघीयता र धर्म निरपेक्षताको विषयमा प्रश्न उठाएका छन् । उनले जनताको आमूल परिवर्तनको स्वप्नशील तागतमा संघीयताको एजेण्डा खुसुक्क घुसाइएको र यस विषयमा कुनै पनि बहस नगरिएको भएदै धर्म, संस्कृति र राज्यबारे छुट्टै बहसको आवश्यकता औंल्याएका छन् ।

बास्कोटाले भनेका छन् ‘संघीयतामा कुनै देश किन गए ? हामीले आर्थिक, सामाजिक, सांस्कृतिक, भौगोलिक र अन्य ऐतिहासिक पृष्ठभूमि हेरेनौं । जनताको आमूल परिवर्तनको स्वप्नशील तागतभित्र यो एजेण्डा खुसुस्क घुसाइयो । नेपालमाभन्दा विदेशमा गोष्ठीहरुको बाढी आयो र हामी बगिरह्यौं । धर्म, संस्कृति र राज्यवारे त छुट्टै बहस गर्नु पर्छ ।’

केही दिन अघिमात्र विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले संघीयता र धर्मका विषयमा जनतामा जानुपर्ने प्रस्ताव ल्याएपछि अहिले यो विषय खुला बहसमा आएको छ । यसअघि पनि संघीयता र धर्म निरपेक्षताका विषयमा जनतामा जानुपर्ने आवाज उठ्दै आएको हो । अहिले यो विषय अत्यन्तै चर्चामा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *