अमिक शेरचनलाई गण्डकी प्रदेश प्रमुखमा सिफारिस गर्ने माओवादीको निर्णय

डिसी नेपाल
१२ साउन २०७८ १६:४६
304
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले अमिक शेरचनलाई प्रदेश प्रमुखमा सिफारिस गर्ने निर्णय गरेको छ।

मंगलबार बसेको स्थायी कमिटी बैठकले शेरचनलाई गण्डकी प्रदेशका लागि पठाउने निर्णय गरेको माओवादी केन्द्रका स्थायी कमिटि सदस्य लिलामणी पोखरेलले जानकारी दिए ।

नेकपा एकता बदर गरी एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्चको फैसलापछि केपी ओली नेतृत्वको सरकारले शेरचनलाई पदमुक्त गर्दै वैशाख २० गते सीता कुमारी पौडेललाई नियुक्ति गरेको थियो । नयाँ सरकारले ओली सरकारले गरेका नियुक्ति बदर गरेर नयाँ नियुक्ति गर्न आँटेका बेला सत्तासाझेदार माओवादीले उनीहरूलाई पुरानै जिम्मेवारीमा पठाउने निर्णय गरेको हो ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *