त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा बढी सुन बरामद
काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट १ किलो १६५ ग्राम सुनसहित एकजना पक्राउ परेका छन् ।
उक्त सुनसहित पदम परियार नाम गरेका व्यक्ति पक्राउ परेको भन्सार कार्यालयले जनाएको छ। भन्सार कार्यालय र विमानस्थल प्रहरीको संयुक्त पहलमा उक्त सुन बरामद गरिएको हो।
मंगलबार हिमालय एयरको उडानद्वारा दुबईबाट काठमाडौं आएका गोरखाका परियारको गतिविधि संकास्पद देखिएकोले उनलाई निग्रानी गर्दै जाँदा उक्त सुन फेला परेको हो ।
एक्सरे चेकजाँचको क्रममा कफी मेकरमा फलामे कप आकारमा १ किलो १६५ ग्राम फल्स बटम बनाएर ल्याएको अवस्थामा बरामद गरिएको हो ।
परियारलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि भन्सार कार्यालय गौचरमा बुझाएको विमानस्थल प्रहरीले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment