कुलमान र रविबीच सात बुँदे सहमति

डिसी नेपाल
१४ पुष २०८२ २१:१०
2.1k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच सात बुँदे सहमति भएको छ।

रास्वपा सभापति रवि लामिछाने र उज्यालो नेपालका संरक्षक कुलमान घिसिङबीच आज अबेर साँझ सात बुँदे सहमति भएको हो। सहमति हुँदा काठमाडौं महानगरपालिका मेयर बालेन शाह पनि साथमै रहेका थिए।

सहमति अनुसार कुलमानलाई रास्वपाको उपसभापति बनाइने छ।

सहमतिपत्रमा उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्याय र रास्वपा सभापति लामिछानेले हस्ताक्षर गरेका छन्।

रास्वपामा पार्टी सभापति रवि र प्रधानमन्त्रीको उम्मेदवार बालेन हुनेगरी यसअघि नै सहमति भइसके पनि आज उपसभापति कुलमानलाई दिने गरी थप सहमति भएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *