गण्डकी र लुम्बिनी प्रदेश प्रमुख परिवर्तन गर्ने सरकारको निर्णय

डिसी नेपाल
१२ साउन २०७८ १७:४५

काठमाडौं । सरकारले गण्डकी र लुम्बिनी प्रदेश प्रमुख परिवर्तन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको आज बसेको बैठकले गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवलाई हटाउँदै गण्डकीमा पृथ्वीमान गुरुङ र लुम्बिनीमा अमिक शेरचनको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

केपी शर्मा ओली नेतृत्वको सरकारले गत वैशाख २० गते गण्डकी प्रदेश प्रमुख शेरचनलाई हटाएर सीता पौडेललाई पठाएको थियो । लुम्बिनी प्रदेश प्रमुख यादव भने २०७६ कात्तिक १८ गते प्रदेश प्रमुख नियुक्त भएका थिए ।

नवनियुक्त प्रदेश प्रमुख शेरचन माओवादी पृष्ठभूमिका रहेका छन् । नेपाली कांग्रेसका नेता गुरुङ २०७४ सालको निर्वाचनमा समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्यको सूचीमा रहेका थिए । दुवै चितवन निवासी हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *